Logo

अर्थतन्त्र ध्वस्त हुनेमा निजी क्षेत्रको चिन्ता,‘आफ्नो ढिपीले देश विगार्ने हक कसैलाई छैन’

अर्थतन्त्र ध्वस्त हुनेमा निजी क्षेत्रको चिन्ता,‘आफ्नो ढिपीले देश विगार्ने हक कसैलाई छैन’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । निजी क्षेत्रले तराई आन्दोलन तथा नाकाबन्दीले निर्बाध उद्योग व्यवसाय संचालनहुन नसक्दा देशको अर्थतन्त्र ध्वस्त हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रवार उद्योग वाणिज्य महांघमा एक कार्यक्रम आयोजना गरि निजी क्षेत्रको भावना र उद्योग व्यवसायको जर्जर अवस्थालाई ख्याल गरी तत्काल सरकारबाट उचित संवोधान होस भनि ध्यानाकर्षण गराएको हो ।

निजी क्षेत्रले सवै प्रकारका अतिवादको निन्दा एवं भत्सर्ना गरेको छ । त्यस्तै तराई आन्दोलनले देशको आर्थिक ,सामाजिक,शैक्षिक, स्वास्थ्य क्षेत्र गम्भिर अवस्थामा पुगेको बताइएको छ । करीव ३ महिनादेखि प्रमुख भन्सार नाका अवरोध यथावतै रहेकोमा चिन्ता व्यक्त गरेको छ ।

नाकाबन्दी पछि इन्धन र कच्चा पदार्थको अभावले देशभरका उद्योग व्यवसाय,निर्माण पर्यटन, शिक्षा,स्वास्थ्य क्षेत्र ठप्प छ । केही चलेका उद्योग पनि कतिवेला बन्द हुने टुंगो छैन ।
तराईका २ हजार कलकारखाना बन्द हुनका साथै नाकाबन्दीले अर्वौका सामान सीमापारी रोकिएका छन् । रोकिएका सामानहरुको विलम्ब शुल्क कावुभन्दा बाहिर गएको तथा नाकाबन्दीबाट २ खर्वभन्दा बढीको नोक्सानी भएकोमा निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

भुकम्प र तराई आन्दोलनबाट करीव १४ लाख जनता गरिवको रेखामुनी तानिदैछ । नेपालबारे नकारात्मक सन्देश अन्तरराष्ट्रिय जगतमा गएकोले त्यसको प्रत्यक्ष असर स्वदेशी तथा विदेशी लगानीमा परेको बताइएको छ ।

त्यस्तै नेपालको आर्थिक बृद्धिदर ऋणात्मक हुने र दक्षिण एशियामै गरिव राष्ट्रको सूचीमा परेको समाचारले अन्तरराष्ट्रिय जगतमा नकारात्मक सन्देश पुगेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरे ।

निजी क्षेत्रका अनुसार लोडसेडिङ, इन्धन अभावजस्ता समस्याले उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या सहभागीले व्यक्त गरेका थिए । मुलुकभर दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । ग्यासका बुलेट ग्यासका बुलेट भित्रिएपनि जनताले प्रयोग गर्न नपाएको भन्दै आफ्नो ढिपी तथा हठका कारण मुलुकलाई बर्बाद गर्ने अधिकार कसैसँग नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL