Logo

एनआरएनएको १० औं साधारणसभा आगामी कात्तिकमा : निर्वाचन अनलाइन प्रणालीबाट, प्रतिनिधि शुल्क शून्य कायम

एनआरएनएको १० औं साधारणसभा आगामी कात्तिकमा : निर्वाचन अनलाइन प्रणालीबाट, प्रतिनिधि शुल्क शून्य कायम



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औँ साधारणसभा आगामी कात्तिकमा हुने भएको छ । शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले संघको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा आगामी अक्टोबर कात्तिक ६–८ मा आयोजना गर्ने निर्णय गरेको हो। त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ।

अध्यक्ष पन्तका अनुसार बैठकले आगामी निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गर्दैै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको छ।

यसअघि निर्वाचनमा भाग लिने प्रतिनिधिले संघले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो। यस्तै, बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तले बताए।

बैठकले गैरआवासीय नेपाली संघको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको छ। बैठकले आर्थिक वर्ष २०७८र७९ को बजेटसमेत पारित गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL