Logo

नाकाको अवरोध हटाउन वाणिज्यमन्त्रीको आग्रह,भारतीय राज्यमन्त्री भन्छन् ‘अवरोध छैन ’

नाकाको अवरोध हटाउन वाणिज्यमन्त्रीको आग्रह,भारतीय राज्यमन्त्री भन्छन् ‘अवरोध छैन ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले नेपालको तराईका अन्य व्यापारिक नाकामा विगत तीन महीनादेखि भइरहेको निरन्तर अवरोध हटाउन आग्रह गरेका छन् ।

उनले मुख्य अन्तरराष्ट्रिय भन्सार बिन्दु वीरगन्ज–रक्सौललगायतका नाकाको अवरोध हटाउन भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री निर्मला सीतारामनसँगको छलफलमा त्यस्तो आग्रह गरेका हुन् ।
विश्व व्यापार सङ्गठनको दशाँै मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केन्याको राजधानी नैरोबी पुगेका छन् । सो अवसरमा मन्त्री पुनले वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अस्पताल तथा विद्यालयको सेवासमेत नराम्ररी प्रभावित हुँदा यसबाट मानवीय संकट जस्तो जोखिमपूर्ण स्थिति भएकोले यो समस्याको समाधान तत्काल निकाल्नुपर्नेमा उनेको जोड थियो ।

त्यस्तै राजनीतिक विषयलाई द्विपक्षीय व्यापार र आर्थिक विषयसँग जोड्न नमिल्ने भन्दै राजनीतिक विषयलाई नेपाल सरकार राजनीतिक रूपमै समाधान गर्न तत्पर र प्रयत्नशील रहेको तथा यस क्रममा प्रक्रिया अघि बढिसकेको स्पष्ट पारेका थिए ।

वार्तामा भारतीय वाणिज्य राज्यमन्त्री सीतारामनले भने नेपालविरुद्ध भारतले कुनै नाकाबन्दी नगरेको र राजनीतिक तहमा त्यस्तो नाकाबन्दी गर्ने कुनै सोचसमेत नभएकोे उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL