Logo

बढ्यो कोरोना संक्रमित र मृत्यु हुनेको संख्या, २९ सय ३६ संक्रमित थपिँदा ४३ जनाको मृत्यु

बढ्यो कोरोना संक्रमित र मृत्यु हुनेको संख्या, २९ सय ३६ संक्रमित थपिँदा ४३ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार देशभर २ हजार ६ सय ७६ जनामा देखिएको संक्रमण आज ३ सय बढीले बढ्दै २९ सय ३६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १४ हजार १ सय ८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९ सय ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भएको छ भने थप १ हजार ७ सय ७५ जना निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ थियो ।

प्रतिक्रिया दिनुहोस्