Logo

सकियो कोरोना विरुद्धको खोप ‘भेरोसेल’, काठमाडौंमा खोप कार्यक्रम स्थगित

सकियो कोरोना विरुद्धको खोप ‘भेरोसेल’, काठमाडौंमा खोप कार्यक्रम स्थगित



काठमाडौं । सरकारले काठमाडौंमा जारी खोप कार्यक्रम स्थगित गरेको छ । स्टकमा रहेको कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज सकिएपछि स्वास्थ्य निर्देशनालयले यो कार्यक्रम स्थगित गरेको हो ।

स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्‍दै साउन ४ गतेको लागि लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL