Logo

काठमाडौंमा जारी निषेधाज्ञा साउन १० सम्म थप, पसल खुल्ने समय १ घण्टा बढ्यो

काठमाडौंमा जारी निषेधाज्ञा साउन १० सम्म थप, पसल खुल्ने समय १ घण्टा बढ्यो



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म थप गरिएको छ । असार ३१ गतेसम्म तोकिएको उक्त निषेधाज्ञा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले थप गर्दै १० गतेसम्म लम्ब्याईएको हो । उक्त थप निषेधाज्ञामा भने पसल खोल्ने समय १ घण्टा थप भएको छ । सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकोमा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको हो ।

म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL