Logo

काठमाडौं फाइनान्स र गोर्खा बैंक मर्ज हुँदै, सेयरधनीलाई ७ प्रतिशत बोनस दिइने

काठमाडौं फाइनान्स र गोर्खा बैंक मर्ज हुँदै, सेयरधनीलाई ७ प्रतिशत बोनस दिइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं फाइनान्स गोर्खा डेभलपमेन्ट बैंकसँग मर्ज हुने भएको छ । फाइनान्सको बुधवार सम्पन्न साधरणसभाले गोर्खासँग मर्ज गर्ने प्रस्तावलाई पारित गरेको हो ।

फाइनान्ससँग हाल १८ करोड ३८ लाख रुपैयाँको चुक्ता पूंजी छ । मज भएसँगै फाइनान्सका सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर तथा १ कित्ता बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव फाइनान्सले राखेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि पारित गरेको छ ।

फाइनान्सको केन्द्रिय कार्यालय डिल्लिबजारमा छ ।
साथै फाइनान्सले निकट भविष्यमा काठमाण्डौ तथाउपत्यका बाहिर गरी तीन वटा शाखा विस्तारको तयारीमा रहेको जानकारी दिएको छ ।
बैंकले २०७२ असार मसान्तमा फाइनान्सले १ अर्ब २४ करोड रुपैयाँ निक्षेप र १अर्ब २ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले निस्क्रिय कर्जाको अनुपातलाई ० दशमलव ७६ प्रतिशतमा सिमित राखेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL