Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २६ सय ६७ संक्रमित, ३३ जनाको मृत्य

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका २६ सय ६७ संक्रमित, ३३ जनाको मृत्य



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार २ सय ५६ पीसीआर परीक्षणमा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ एन्टिजेन परीक्षणमा ८ सय ९४ जना गरी २ हजार ६ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ५७ जना संक्रमणमुक्त भएका छन् । आज सक्रिय संक्रमित २६ हजार ६ सय ३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा २ हजार ६ सय १४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL