Logo

मन्त्रीपरिषद बैठक : साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस

मन्त्रीपरिषद बैठक : साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । सरकारले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । विहिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारको सिफारिशमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपनि असार २८ गतेको सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस् स्थापना गर्दै साउन ३ गते बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL