Logo

बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं

बढ्यो सुनको मूल्य, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबारको तुलनामा आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL