Logo

जापानद्वारा नेपाललाई एष्ट्राजेनेकाको १६ लाख डोज खोप दिने घोषणा, केही साताभित्र नेपाल आइपुग्ने

जापानद्वारा नेपाललाई एष्ट्राजेनेकाको १६ लाख डोज खोप दिने घोषणा, केही साताभित्र नेपाल आइपुग्ने



काठमाडौँ । जापानले नेपाललाई एष्ट्राजेनेकाको १६ लाख डोज खोप दिने भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासले आउने केही साताभित्र अक्सफोर्डर एष्ट्राजेनेकाले बनाएको भ्याक्सिन नेपाल आउने जानकारी दिएको छ ।

जापानले उक्त खोप कोभ्याक्समार्फत् दिन लागेको हो । जापानमा नै बनेको यो खोप कहिले नेपालमा छिटै आउने दुताबासले जानकारी दिएको छ ।

नेपालका लागि जापानका राजदूत किकुता युताका जापानले दिन लागेको खोपले नेपाल(जापान लामो सम्बन्धलाई दर्शाउने बताएका छन् ।

जापानले दिएको खोपले यसअघि भारतमा उत्पादित कोभिसिल्ड खोपको पहिलो डोज लगाएका वृद्धवृद्धालाई दोस्रो डोज लगाउन मिल्ने छ ।

यसअघि मंगलबार जापानका विदेश मन्त्री ओसिमित्सु मोतेगीले कोभ्याक्समार्फत् नेपालसहितका बंगलादेश, कम्बोडिया, इरान, लाओस, नेपाल र श्रीलंकासहित अरू प्यासेफिक आइल्यान्ड देशलाई १ करोड १० लाख डोज भ्याक्सिन दिने घोषणा गरेका थिए ।

जापानले कोभ्याक्सलाई १ अर्ब डलर र ३ करोड डोज खोप दिने प्रतिवद्धता व्यक्त गरेको छ । जापानले कोरोनाविरुद्ध लड्न यसअघि स्वास्थ्य सामाग्री र अक्सिजन जेनेरेटरहरु पनि दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL