Logo

देशको समृद्धि, सुशासन र विकासका पक्षमा काम गरेको छु, सरकारबाट बाहिरिनु परेकोमा चिन्ता छैन् : प्रधानमन्त्री ओली

देशको समृद्धि, सुशासन र विकासका पक्षमा काम गरेको छु, सरकारबाट बाहिरिनु परेकोमा चिन्ता छैन् : प्रधानमन्त्री ओली



काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सर्वोच्च अदालतको फैसलाबारे आपत्ति जनाएका छन् । सर्वोच्चले सांसदलाई ह्वीप नलाग्ने फैसला गरेपछि मंगलबार सिंहदरबारबाट बिदाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दलीय संरचनालाई चुनौती दिएको बताएका छन् । खेल खेल्ने जिम्मेवारी खेलाडीको भएको बताउँदै उनले अदालतले संविधानको संशोधन गरेको बताएका छन् ।

‘अदालतको फैसलाले दलीय संरचनालाई नै चुनौती दिएको छ । एउटै दलका सांसद सत्ता र प्रतिपक्षी बन्ने कुनै लोकतन्त्रले परिकल्पना गरेको छैन् । संविधानको संशोधन गर्ने काम गरेको छ । राजनीतिक विकृतिहरुको मूल्य चुकाउनुपर्ने छ । राजनीतिक प्रश्नहरुको फैसला गर्ने जिम्मेवारी दलको हो’, प्रधानमन्त्री ओलीले भने ।

उनले जनताको सरकारबाट म पाँच वर्ष अगाडि यस्तै मध्य वर्षामा बाहिरिएको स्मरण गरेका छन् ।

‘मप्रति जनताको अटल विश्वास हिजो पनि थियो र आज पनि छ । सरकारबाट बाहिरिनु परेकोमा मलाई रत्ति पनि चिन्ता छैन् । मैले देशको समृद्धि, सुशासन र विकासका पक्षमा काम गरेको छु’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL