Logo

‘हाम्रो कृषि’ एप्स सार्वजनिक, मोवाइलबाटै खाद्यन्न र तरकारीबारे जानकारी लिन सकिने

‘हाम्रो कृषि’ एप्स सार्वजनिक, मोवाइलबाटै खाद्यन्न र तरकारीबारे जानकारी लिन सकिने


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । जलवायुप्रकोप समुत्थान निर्माण आयोजनाले, ‘हाम्रो कृषि’ नामक मोबाइल एप्लिकेसनको सुरुवात गरेको छ । नेपाल सरकारको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय अन्तगर्तको आयोजनाले शुरु गरेको सो एपबाट किसानले मौसम, कृषि र प्रविधि सम्वन्धि जानकारीका साथै कृषि कार्यालयका सम्पर्क नम्बरलगायत प्राप्त गर्न सक्ने बताइएको छ ।

त्यस्तै बीमा अभिकर्ता सम्बन्धी जानकारीहरु र अन्य सफलताका कथाहरु प्राप्त गर्न सक्नेछन् । सो एप्समा खाद्यान्न, पशुपालन, तरकारी, फलफूल, तेलहन लगायतसबै बालीका बारेमा प्रश्नउत्तर शैलीमा जानकारीसमेत यसमा उपलब्ध छ्र ।

सो एप्लिकेसन एन्ड्रोइड स्मार्टफोनमा मात्र चल्ने छ ।

किसान इन्टरनेटको पहुँचमा नहुने भएकोले इन्टरनेट भएका स्थानमा पुगेर मोबाइलबाट एकपटक डाउनलोड गरेपछि अफलाइन सेवा लिन सक्नेछन् ।

आयोजनाले किसानलाई घरमै बसेर मौसम र कृषि सम्बन्धी जानकारी गराउन नयाँ प्रणाली समेत लागु गरेको छ । जसमा ‘कृषि इन्फो’ नामबाट एसएमएस पठाइन्छ्र यसरी पठाइने एसएमएसको लागि किसानको मोबाइल नम्बर जिल्ला कृषि विकास कार्यालयमार्फत संकलन गरिन्छ्र । एसएमएसबाट प्रत्येक जिल्लामा लगाइने फरक फरक बालीको लागि चाहिने सन्देश किसानलाई प्रबाह गरिन्छ्र ।

साथै बालीको बारेमा पनि जानकारीका साथै कुन क्षेत्रमा कस्तो बाली लगाउने, कति मल छर्ने, कस्तो बालीमा कस्तो खालको रोग, किरा लाग्छलगायत संदेश किसानको मोबाइलमा पठाइन्छ्र । किसानले आफ्नो जिज्ञासा प्रत्येक जिल्लामा स्थापितएग्रोकल सेन्टरमापैसा नलाग्ने टोल फ्री नम्बरबाट सम्पर्क गरि आफ्नो समस्या समाधान गर्न सक्छन् ।

त्यस्तै आयोजनाले किसानलाइ संदेश पठाउन सजिलो होस् भनेर यो नेपालटेलीकमसंग सहकार्य गरि निशुल्क “किसान सिम” पनि उपलब्ध गराउन लागेको जानकारी दिएको छ ।
जसमा २५ जिल्लाका ५ हजार ५ सय किसानको हातमा किसान सिम पुग्ने बताइएको छ । जलवायु प्रकोपसमुत्थान निर्माण आयोजना जुन २०१३ मा सुरुभई नोवेम्बर२०१८ सम्म रहने छ्र ।

प्रतिक्रिया दिनुहोस्
MBL