Logo

विश्व बैंकद्धारा नेपाललाई १० अर्ब ऋण सहयोग स्वीकृत, शिक्षा र स्वास्थ्य सुधारमा खर्च गरिने

विश्व बैंकद्धारा नेपाललाई १० अर्ब ऋण सहयोग स्वीकृत, शिक्षा र स्वास्थ्य सुधारमा खर्च गरिने



काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड डलर .(करीब १० अर्ब रुपैयाँ) ऋण सहयोग उपलब्ध गराउने भएको छ । नेपालको क्षिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्नका लागि १० अर्ब सहायता उपलब्ध गराउने भएको हो । बैंकको कार्यकारी बोर्डले नेपाललाई दिने १० करोड अमेरिकी डलर बराबरको सहायता स्वीकृत गरेको हो ।

यो सहायता नेपालको विद्यालय शिक्षा क्षेत्रको सुधारमा ५ करोड डलर परिचालन हुने छ भने स्वास्थ्य क्षेत्रमा ५ करोड डलर खर्च हुने छ । विद्यालय छोड्नेहरुको संख्या घटाउनका लागि छात्रवृत्ति लगायतका अनुदान तथा सहायतामा यो रकम परिचालन हुने छ ।

नेपाल, श्रीलंका र मालदिभ्सका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले गरिब र कमजोर जनसंख्याका लागि विद्यालय र स्वास्थ्य प्रणालीको सशक्तीकरणमार्फत् मानव पुँजी विकासमा योगदान पुग्ने बताएका छन् । ‘यो सहयोगबाट विद्यालय उमेरका बालबालिकामा सिकाइको कमी र विद्यालय छाड्ने दर न्यूनीकरण गरिनेछ,’ उनले भनेका छन्, ‘उत्तरदायी स्वास्थ्य सेवा प्रवाहका लागि सार्वजनिक खर्चको कार्यदक्षता बढाएर सार्वजनिक खर्चको चुस्त उपयोग गर्न मद्दत पुग्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL