काठमाडौं । नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा अवतरण भएको छ ।
आज बिहान साढे ६ बजे नेपाल वायुसेवा निगमको विमानले ८ लाख डोज ल्यायेको हो ।
नेपालले चीनसँग नन डिस्क्लोलर एग्रिमेन्ट अन्तर्गत ४० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । सोहि बमोजिमको पहिलो खेप खोप आइपुगेको हो ।
अब प्रत्येक साता चरणबद्ध रुपमा नेपालमा चीनबाट खोप ल्याइने बताइएको छ ।