एउटा धनी मानिसको घर आलिसान बंगलाजस्तो हुन्छ भन्दा सायद कसैलाई आश्चर्य नलाग्ला । त्यसमा पनि विश्वकै धनीहरुको सूचीमा अगाडी रहेको व्यक्तिको घर हामीले सोच्ने भन्दा निकै सानदार हुन्छ ।
७८ दशमलव ९ विलियनका साथ अमेरिकाका धनी व्यक्ति विलगेट्सको घर कस्तो होला ? विश्वकै धनी व्यक्ति विल गेट्सलाई आफ्नो आलिसान बंगला बनाउन सात बर्ष लागेको थियो ।
उनको ‘जान्दु २. ० ’ नामको सो बंगला बनाउन ६३ डलर खर्च भएको थियो । उनले चाल्र्स फोष्टर केनको काल्पनिक घर सिटिजन केनकोको एक पात्रका नामबाट घरको नाम जान्दु राखेका हुन् ।
६६ हजार स्क्वायर फिटमा फैलिएको उनको बासस्थानका किनाराहरु हाइटेकमा आधारित छ । विलगेट्सले १ मिलियन डलर प्रतिबर्ष कर तिर्ने गरेका छन् ।
विलगेट्सको घर ५ सय बर्ष पुरानो डग्लास नामक रुखबाट तयार गरिएको हो । जसलाई बनाउन ३ सय कामदार हायर गरिएको थियो । त्यसमध्ये १ सय जना इलेक्ट्रिसियन थिए ।
‘जान्दु २ ० ’ मा २४ वाथरुम छन् , जसमध्ये १० ओटा नुहाउनका लागि मात्र प्रयोग हुन्छ ।
त्यस्तै सो बंगलामा ६ ओटा भान्छा छन् । घरको विभिन्न भागमा रहेका भन्छामा स्टाफहरु विभिन्न कार्यक्रमका लागि तयारी अवस्थामा हुन्छन् । २ हजार १ सय स्क्वायर फुटको लाइव्रेरी छ ।
विलगेट्सले मनोरञ्जनका लागि घरमै सानो सिनेमा हल पनि यतार गरेका छन् । जहाँ लक्जरियस २० ओटा सिटसहितको हल छ । सो हलमा पपकर्न मेसिनको पनि व्यवस्था गरिएको छ ।
विल गेट्सले ‘विच’मा क्यारिवियनबाट आयातित बालुवा राखेका छन् । कुनै बेला एक व्यक्तिले विलगेट्सको घर घुम्न ३५ हजार डलर तिरेको थिए । एजेन्सि