Logo

निक्षेप संकलन बढ्यो कर्जा प्रवाह घट्यो, धितो प्रमुख समस्या

निक्षेप संकलन बढ्यो कर्जा प्रवाह घट्यो, धितो प्रमुख समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चौमासमा निक्षेप संकलन बढेको छ भने कर्जा प्रवाह घटेको छ । गत आवको पहिलो चौमासमा कर्जा प्रवाह ६ प्रतिशतले बढेकोमा चालू आवको सोही अवधिमा २ दशमलव ७ प्रतिशतले मात्र बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको थियो ।

तथ्याङ्क अनुसार गत आवको कर्जा प्रवाह साढे ६६ अर्बले बढेकोमा चालू आवको सोही अवधिमा ३६ करोड रुपैयाँले मात्र बढेको छ ।

चालू आवको पहिलो चौमासमा निक्षेप संकलन बढेको केही बढेको छ । गत आवको पहिलो चौमासमा निक्षेप संकलन ४० अर्ब रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिमा बढेर साढे ५१ अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा वाणिज्य बैंक तथा वित्त कम्पनीको निक्षेप संकलन बढेको छ भने विकास बैंकको भने घटेको छ ।

सो अवधिमा वाणिज्य बैंकको निक्षेत्र ३ दशमलव ६ प्रतिशत र वित्त कम्पनीको ४ प्रतिशतले बढेकोमा विकास बैंकहरुको भने १ दशमलव २ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा औद्योगिक उत्पादन, थोक तथा खुद्रा व्यापार, निर्माण लगायतका प्रमुख क्षेत्रमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कर्जा प्रवाह घटेको छ । कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा भने १६ दशमलव २ प्रतिशतले बढेको छ ।

सो अवधिमा कृषि कर्जा सवैभन्दा बढी घटेको छ । भुकम्प तथा नाकाबन्दीले कृषि क्षेत्रमा प्रवाहित कर्जा घटेको देखिएको छ । यस्तो कर्जा प्रवाह न्यून रहनुमा कर्जाको धितो प्रमुख समस्या रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL