Logo

पेट्रोलियमको आयात ६१ प्रतिशतले घट्यो, ४ महिनामा साढे १ अर्वको भित्रियो

पेट्रोलियमको आयात ६१ प्रतिशतले घट्यो, ४ महिनामा साढे १ अर्वको भित्रियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भारतीय अघोषित नाकाबन्दीले सीमा अवरोध हुँदा पेट्रोेलियम पदार्थको आयात घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ४ महिनामा १ अर्व ५३ करोड ७३ लाख बराबरको पेट्रोलियम आयात भएको छ ।

जुन गत आवको सो अवधिको तुलनामा ६१ दशमलव ८ प्रतिशतले कम हो । गत आवको ४ महिनामा ४ अर्व २ करोड ७६ लाख बराबरको पेट्रोलियम आयात भएको थियो ।

गत बर्ष जम्मा ३७ अर्व १६ करोड ३६ लाख बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL