Logo

तराई आन्दोलन र नाकाबन्दीमा २० अर्ब ९६ करोडको वस्तु निर्यात, व्यापार घाटा ३८ प्रतिशतले घट्यो

तराई आन्दोलन र नाकाबन्दीमा २० अर्ब ९६ करोडको वस्तु निर्यात, व्यापार घाटा ३८ प्रतिशतले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तराईको आन्दोलन तथा भारतीय अघोषित नाकाबन्दीले गर्दा गत ४ महिनामा नेपालको आयात र निर्यात दुवै घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार जारी गरेको तथ्यांकले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२\७३ को चार महिनामा कुल वस्तु आयात ३६ दशमलव ८ प्रतिशतले घटेको छ । वस्तुको आयात घटेर र रु. १ सय ६० अर्ब ९९ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव ४ प्रतिशतले वृद्धि भई रु. २ सय ५४ अर्ब ६६ करोड पुगेको थियो ।

भारततर्फको सीमा नाकाहरुमा अवरोधहुँदा आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकोले पेट्रोलियम पदार्थको आयात घटेकोले समीक्षा अवधिमा समग्र आयातको वृद्धिदर नकारात्मक रहन गएको बताइएको छ ।

सो अवधिमा भारततर्फको आयात ४१ दशमलव ८ प्रतिशतले घटेको छ । भारतबाट मुख्यतया पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एम.एस.विलेट, मेशीनरी तथा पार्टपूर्जालगायत वस्तुको आयात घटेको प्रतिवेदनले देखाएको छ ।

त्यस्तै चीनबाट भएको आयात २२ दशमलव ३ प्रतिशतल त्यस्तै चीनबाट मेशीनरी पार्टपूर्जा, टेलिभिजन तथा पार्टपूर्जा, स्टिल रड तथा शीट, विद्युतीय सामाग्रीलगायतका वस्तुहरुको आयातमा ह्रास आएको छ । अन्य मुलुकबाट भएको आयात ३१ दशमलव १ प्रतिशतले घटेको छ । अन्य मुलुकबाट चाँदी, कच्चा भटमासको तेल, खाने तेल, कच्चा पाम तेल लगायतका वस्तुहरुको आयात घटेको छ ।

त्यसैगरी सो अवधिमा वस्तु निर्यात २९ दशमलव १ प्रतिशतले ह्रास आएको प्रतिवेदनले देखाएको छ । नेपालबाट वस्तुको निर्यात रु.२० अर्ब ९६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.२९ अर्ब ५५ करोड रहेको थियो ।

कुल वस्तु निर्यातमध्ये भारततर्फको निर्यात ३८ दशमलव ७ प्रतिशतले घटेको छ । त्यस्तै चीनतर्फको निर्यात ६७ दशमलव ९ प्रतिशतले र अन्य मुलुकतर्फको निर्यात ७ दशमलव ८ प्रतिशतले घटेको छ ।

भारततर्फ जिङ्क शीट, लत्ताकपडा, जुस, जि.आई. पाइप लगायतका वस्तुहरुको, चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोशाक, लगायतका वस्तुहरुको र अन्य मुलुकतर्पm दाल, प्रशोधित छाला, चिया, हस्तकलाका सामान लगायतको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३७ दशमलव८ प्रतिशतले घटी रु. १ सय ४० अर्ब ४ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २६ दशमलव १ प्रतिशतले बढेको थियो । कुल वस्तु व्यापार घाटामध्ये समीक्षा अवधिमा भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः ४२ दशमलव१ प्रतिशत, २०दशमलव ६ प्रतिशत र ३६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL