Logo

चार महिनामै दोहोरो अंकले बढ्यो मुद्रास्फीति, खाद्यान्नको मुल्य आकासियो

चार महिनामै दोहोरो अंकले बढ्यो मुद्रास्फीति, खाद्यान्नको मुल्य आकासियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ४ महिनामा उपभोक्ता मुद्रास्फीति दोहोरो अंकले बढेको छ । बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सो अवधिमा १० दशमलव ४ अंकले बढेको छ । तर, अघिल्लो वषको सोही अवधिमा सो बृद्धिदर ७ दशमलव २ प्रतिशत मात्र रहेको थियो । यो वर्ष सरकारले मुल्य मुद्रास्फीति ८ दशमलव ५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको थियो ।

समीक्षा अवधिमा वार्षिक विन्दुगत आधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचङक वृद्धिदर १२ दशमलव १ प्रतिशत रहेको छ । यस्तै, गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचाङक वृद्धिदर ९ दशमलव २ प्रतिशत रहेको छ । मुद्रास्फीति उच्च रहनुको कारणहरुमा दलहन तथा गेडागुडी, घ्यू तथा तेल र लत्ताकपडा तथा जुत्ता उपसमूहको मूल्यमा भएको उच्च वृद्धि रहेको छ ।

यी उपसमूह मध्ये दलहन तथा गेडागुडीको मूल्य ४४ दशमलव १ प्रतिशतले र घ्यू तथा तेलको मूल्य ४१ दशमलव १ प्रतिशतले बढेको छ । साथै लत्ताकपडा तथा जुत्ताको मूल्यमा पनि १४ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । मुद्रास्फीति बढ्नुको अन्र्तनिहित कारणहरुमा तराईमा जारी लामो बन्द हड्ताल तथा मुलुकको दक्षिणी भूभागमा रहेका व्यापारिक नाकाहरुमा विद्यमान अघोषित नाकावन्दी र अत्यावश्यक वस्तुहरु संचय गर्ने बढ्दो प्रवृत्ति रहेका छन् । विद्यमान अवस्था अझ लम्बिएमा अत्यावश्यकीय वस्तुहरुको मूल्य वृद्धि अझ गहिरिन गई लागत प्रेरित मुद्रा स्फीति तथा स्ट्यागफ्ल्याशनको अवस्था आउन सक्ने राष्ट्र बैंकले बताएको छ ।

inflaction

तरलता व्यवस्थापन उच्च प्राथमिकताका साथ संचालन गर्दै आएको भएतापनि आपूर्ति अवस्था सहज नहुँदासम्म मौद्रिक व्यवस्थापनबाट मात्र मुद्रास्फीति नियन्त्रण गर्न कठिन हुने राष्ट्र बैंकले बाताएको छ । क्षेत्रगत आधारमा समीक्षा अवधिमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा ११ दशमलव ८ प्रतिशतले मूल्य वृद्धि भएको छ भने पहाडमा ११ दशमलव ४ प्रतिशत, हिमालमा ९ दशमलव ६ प्रतिशत र तराईमा ९ दशमलव १ प्रतिशतले मूल्य वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता मूल्य सूचकाङ्कहरुको वृद्धिदर काठमाडौं उपत्यकामा ७ दशमलव १ प्रतिशत, पहाड र तराई दुबैमा ७ दशमलव २ प्रतिशत रहेको थियो ।

नेपाल र भारत बीचको उपभोक्ता मुद्रास्फीति अन्तर दोब्बरले बढ्यो

पछिल्लो ४ महिलनामा नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति दोब्बरले बढेको छ । सो अवधिमा भारतको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ४ प्रतिशत रहेको तुलनामा नेपालको १० दशमलव ४ प्रतिशत रहेको छ । समीक्षा अवधिमा यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर ५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा नेपाल तथा भारतमा यस्तो मुद्रास्फीति क्रमशः ७ दशमलव २ प्रतिशत र ४ दशमलव ४ प्रतिशत रहेको थियो । २०७२ बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभाव, तराईको आन्दोलन र दक्षिणका व्यापार नाकाहरुमा भएको अघोषित नाकाबन्दीको कारण नेपाल र भारतबीच मुद्रास्फीति दरको अन्तरमा वृद्धि हुन गएको हो ।

थोक मुद्रास्फीति

आर्थिक वर्ष २०७२/७३ को कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीतिदर ७ दशमलव १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६ दशमलव ७ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरुको मूल्य सूचाङ्क ११ दशमलव ९ प्रतिशतले र स्वदेशमा उत्पादित वस्तुहरुको मूल्य सूचाङ्क ७ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । यस्तै, आयातीत वस्तुहरुको मूल्य सूचाङ्क भने ३ दशमलव ४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL