Logo

उपत्यकाको फोहोर व्यवस्थापन अध्ययनको जिम्मा शोधशालालाई,४ महिनाभित्र रिपोर्ट निकाल्नुपर्ने

उपत्यकाको फोहोर व्यवस्थापन अध्ययनको जिम्मा शोधशालालाई,४ महिनाभित्र रिपोर्ट निकाल्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अध्ययनको जिम्मा शोधशालालाई दिइएको छ । काठमाडौं महानगरपालिकाले फहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने उदेश्यले सोको अध्ययनका लागि शोधशालालाई जिम्मा दिएको हो ।

महानगरले प्रपोजल पेस गरेका ७ कन्सल्ट्यान्ट मध्येबाट छनौट गरेको हो ।

महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीका अनुसार अध्ययनबाट कन्सल्ट्यान्टले जम्मा फाहोर व्यवस्थापनबाट संकलन हुने रेभिनयु, तथा कस्टको डाटा निकाल्ने छ । अध्ययन सुरु गरेको ४ महिनाभित्र रिपोर्ट निकाल्नुपर्ने छ ।

त्यसलगतै फोहोर व्यवस्थापनका लागि टेन्डर खुलाइने उनले बताए । त्यसपछी आएका प्रपोजलमध्येबाट उत्कृष्ट छानी टेन्डर गरेर डिस्पोज तथा संकलनको जिम्मा दिइने बताइएको छ । निजी कम्पनीले जम्मा रेभिन्यु बाट ४० प्रतिशत महानगरपालिकालाई बुझाउनु पर्नेछ ।

उपत्यकाको फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यका साथ जिम्मा दिन लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL