Logo

ललितपुर मलमा एप्पलको शोरुम खुल्दै, एप्पलमा सवै सामान पाइने

ललितपुर मलमा एप्पलको शोरुम खुल्दै, एप्पलमा सवै सामान पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ललितपुर मलमा एप्पल ब्राण्डको शोरुप संचालनमा आउने भएको छ । उक्त मलस्थित ललितपुर मोवाइल कम्प्लेक्सले उक्त ब्राण्डको शोरुम संचालनमा ल्याउन लागेको हो ।

ललितपुर मलमा रहेको उक्त कम्प्लेक्समा ‘जी म्यू ढुकु’ नाममा करिब १ हजार ५ सय स्क्वायर फीटमा क्षेत्रमा उक्त शोरुम संचालनमा ल्याउन लागेको हो । शोरुम अग्रेजी नयाँ बर्षदेखि संचालनमा आउने कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले बताए ।

उक्त शोरुममा एप्पलका सबै प्रकारका उत्पादनहरु बिक्री गरिने कम्पनीका अध्यक्ष अरुण मानन्धरले जानकारी दिए । एप्पलको उक्त शोरुमबाट बिक्री गर्ने सबै उत्पादनहरुमा १ वर्षको वारेन्टी दिईनेछ ।

शोरुममा आईप्याड, म्याकबुक, आईपड, आईफोन, एप्पलका सबै ग्याजेटस् र एसेसरिज बिक्री गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL