Logo

सवारी साधनसमेत खुलाउने गरि काठमाडौंको निषेधाज्ञा थप गर्ने तयारी, निर्णय लिन सिडियोको बैठक बस्दैं

सवारी साधनसमेत खुलाउने गरि काठमाडौंको निषेधाज्ञा थप गर्ने तयारी, निर्णय लिन सिडियोको बैठक बस्दैं



काठमाडौं । काठमाडौं उपत्यकामा बैशाख १६ देखि जारी निषेधाज्ञा अब धेरै हदसम्म सहज हुने भएको छ । उपत्यकामा संक्रमण घट्दै गएको र नागरिकस्तरबाटै निषेधाज्ञा उल्लंघन हुन थालेपछि अब निषेधाज्ञा खुकुलो बनाउनुको विकल्प नभएको निष्कर्ष निकालिएको छ ।

सोबारे निर्णय लिन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) को बैठक बस्दै छ। बैठक आज दिउँसो बस्ने भनिएको छ।

सीसीएमसीको बैठकले असार ७ पछि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो । अबको निषेधाज्ञा थप एकहप्ता खुकुलो बनाएर जारी राख्ने तय भएपनि सवारीसाधनमा जोर–विजोर नियम लागू हुनसक्ने बताइएको छ।

जारी निषेधाज्ञा थप खुकुलो बनाउने सहमति प्रमुख जिल्ला अधिकारीहरुले गरे पनि तत्काल निषेधाज्ञा भने नहट्ने बताइएको छ । निषेधाज्ञालाई थप खुकुलो बनाउन भने असार ८ गतेदेखि होलसेल, फेन्सी, भाँडा पसल खुलाउने तयारी गरिएको छ। ग्राहकलाई बसेर खान नदिने सर्तमा खाजा र चिया पसल पनि खुलाउनेबारे छलफल भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL