काठमाडौं । विश्वमा कोही मानिसहरु अथाह धनी छन् । फोब्र्स पत्रिकाका अनुसार सन २०२१ अप्रिल ८ सम्म विश्वकै सबैभन्दा धनी जिउँदो व्यक्ति अमेजेन कम्पनीका मालिक जेफ बेजोस हुन् । जोसँग हाल १ सय ७७ विलियन डलर बराबरको सम्पत्ति छ । जुन म्यानमार, लाओस र कम्बोडियाको कुल ग्राहस्थ उत्पादन भन्दा बढी हो । उक्त देशहरुको जनसंख्या हाल ७ करोड ६० लाख बढी छ । हाल प्रविधिको उच्च प्रयोगका कारण हामीमध्ये कुनैपनि व्यक्ति कुनैपनि बेला धनी बन्न सक्छ । त,र हालसको समयभन्दा पहिले नै वास्तविक धनी मानिसहरु हुन्थे जोसँग सम्पत्तिको हिसाव गर्न नसकिने सम्पत्ति हुन्थ्यो ।
चंगेज खाँदेखि जेपी मोर्गानसम्म
गएको समयमा को मानिस कति धनी थियो भनेर यत्तिकै भन्न सकिने अवस्था भने रहँदैन । किनकि पुरानो जमानामा विभिन्न कालखण्डमा भिन्न भिन्न प्रकारका धनी मानिसहरु हुन्थे । तर, कुन समयमा कति सम्पत्ति थियो भन्ने कुरा उक्त सम्पत्तिको हालको मूल्यसँग दाँजेर हेर्न सकिन्छ । जस्तो चंगेज खाँको पालामा उनीसँग भएको सुनलाई हालको सुनको प्रतिऔंस मूल्यसँग गुणन गरेर दाँज्न सकिन्छ ? विज्ञहरु भने यसरी हिसाव गर्न नमिल्ने बताउँछन् । अर्थात प्राचीन कालमा वास्तविक मुद्राको चलन थिएन, जनताले कर बुझाउँदा पनि अन्न बुझाउँथे । त्यस्तो बेलाको कुनै वस्तुलाई हालको मुद्रासँग गुणन गर्नु बेकार हुने उनीहरु बताउँछन् ।
तर, इतिहासलाई हेर्दा सबैभन्दा धनी मानिने मार्कस लाइकिनिस क्र्याससलाई लिईन्छ । उनीसँग उतिखेरै १७० मिलियन सेस्टरसेस सम्पत्ति थियो । उनले रोमको एक ठुलै घाँसे मैदान किनेका थिए । उनलाई धन जम्मा गर्ने ठूलै सोख थियो । एक किंवदन्तीअनुसार उनी मर्दा उनलाई धनी बनाउने सोख पुरा गर्न मुखमा पगालिएको सुन हालेर पुरिएको थियो । यस्तै त्यसपछिकै कुरा गर्दा पनि जोड डि रकफेलरसँग ३ सय देखि ४ सय विलियन डलर बराबरको सम्पत्ति थियो । यस्तै अमेरिकाको फेडरल रिजर्भभन्दा अगाडिको सबैभन्दा धनी व्यक्ति जेपी मोर्गनलाई मानिन्छ । उनले सरकारलाई पनि १८९३ तिर धेरै ऋण दिएका थिए ।
तर कुनै समयका लागि कुनै व्यक्तिलाई धनी मान्नुपर्दा हालको मुद्रासँग गुणन गरेर भन्दा पनि त्यतिखेर गरिने सम्पत्तिको तुलनासँग गरे उचित हुने देखिन्छ । धेरै इतिहास अनुसार अघिल्ला कालहरुमा खासगरी २ जना व्यक्तिले सम्पत्तिमा राज गरेको देखिन्छ ।
१) मन्सा मुसा
१३ सय २४ को शताब्दीमा मालीका सम्राट मुसा मुस्लिमहरुको तीर्थस्थल मक्कामा हज गर्न गए । उनको तीर्थयात्रामा ६० हजार मानिस र सुन थियो । उनी जहाँ गए त्यहाँ सुन बर्षाउँदै गए । अर्थात सुन बाँड्दै गए । कुनै स्थानमा पुगेपछि त्यहाँ गरिव भेटिए उनलाई गरिवीबाट मुक्त गर्ने जिम्मा उनैले लिएका थिए ।
जसमा खासगरी कायरो र मदिना सामेल थिए । भनिन्छ उनले प्रत्येक शुक्रबार एक–एक नयाँ मस्जिदको निर्माण पनि गरे । मदिना र कायरोमा उनले बढी खर्च गरेकै कारण त्यहाँको सामानको मूल्य पनि अधिक वृद्धि भएको बताईन्छ । पछि उनकै कारणले मुद्रास्फिति बढेको महसुस भयो । जसका कारण सबैजना त्रसित थिए । उनले कायरोको सबै सुनलाई आफ्नो कब्जामा लिए र आफुलाई उक्त क्षेत्रको म्याक्रोइकोनोमिक चक्रको उपमा दिलाए ।
२) अताउअल्पा
यता अमेरिकामा सन १४३२ को शताब्दीमा सौतेनी दाजुभाई अताउअल्पा र हुवास्करबीच उत्तराधिकारीका लागि जारी क्रुर युद्ध अन्त्य हुँदै थियो । त्यतिबेलै ईंकान राज्यमा रिकभरीको बारेमा तयारी हुँदै थियो । ईंकान राज्य रिकभरीको तयारी गरिरहँदा यता आर्थिक ईस्यु भने जकडिएको थियो । यो एक पैसाविहिन र अर्थतन्त्रविहिन सभ्यता थियो । त्यो बेलामा बरु पुरै ईकान राज्य एक परिवारजस्तै थियो । त्यहाँका मानिसहरुको खाना, लत्ताकपडा, विलासिताका वस्तुहरुलगायत सबै सम्पत्ति सम्राटको अधीनमा हुन्थ्यो ।
कुनै एक मानिस ईकान सम्राटको किसान, श्रमिक, भाँडा माझ्ने, सिपाहीलगायत भएर बस्नपथ्र्याे । र यसको बदलामा उसलाई जिउनलाई चाहिने सबैथोक सम्राटले व्यवस्था मिलाउँथे । तर स्पेनिसहरुले इकान राज्यलाई जितिसकेपछि अताउल्पालाई जेलमा हाले । जेलमा बस्दा उसँग भएको जति सम्पत्ति अरुसँग थिएन । अर्थात उनले आफ्नो एक कोठा सुनले भरेको थियो । र कुनै एक मन्दिर बनाउँदा पनि सुनले बनाउन सक्ने क्षमता उसँग थियो । भनिन्छ त्यो बेला उसँग भएको सम्पत्तिजति सम्पत्ति अरु कसैसँग थिएन ।
अताउल्पाले आफ्नो रिहाईको लागि मात्रै हालको मूल्य बराबर लगभग साढे १ अर्ब डलर बराबरको सम्पत्ति दिइएको बताईन्छ । तर, स्पेनिसहरुले पछि उसलाई मारेरै छोडे । तर ,सन १५०० तिर अरबौं डलर मूल्य बराबरको सुन र चाँदीले युरोपमा ठुलै हंगामा मच्चायो । जसका कारण उच्च मुद्रास्फितिसँगै लामो समयसम्म आर्थिक मन्दीसमेत कायम भयो । यस्तै १६ औं शताब्दीमा युरोपको अर्थव्यवस्था डुवाउने सुन र चाँदी अताउल्पाकै भएको मानिन्छ ।-अनुवादित सामग्री