Logo

टिभीबाट एसएलसी तयारी कक्षा सञ्चालन गर्दै डिस होम, कक्षा विहान साढे ३ देखि साढे ९ सम्म

टिभीबाट एसएलसी तयारी कक्षा सञ्चालन गर्दै डिस होम, कक्षा विहान साढे ३ देखि साढे ९ सम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिस होमले दुर शिक्षाको प्रविधिमा आधारित एसएलसीको पूर्व तयारी कक्षा सञ्चालन गर्ने भएको छ । यससँगै एसएलसीमा सहभागी हुने विद्यार्थिहरुले मंसिर २९ गतेदेखि घरमै बसेर दुर शिक्षा प्रविधिमार्फत विज्ञान, गणित र अंग्रेजी विषयको कक्षा लिन सक्नेछन् ।

गणित, विज्ञान तथा अंग्रेजीमा बढी विद्यार्थी फेल हुने पाइएकोले का पाइएकाले यसलाई घटाउन भन्दै डिशहोमले दुर शिक्षा सुरु गर्न लागेको जानकारी दिएको छ । एसएलसीमा फेल हुनेमध्ये ९० प्रतिशत विद्यार्थी लाई ती विषय लाग्ने गरेको छ ।

तयारी कक्षाहरु सरकारले निर्धारण गरेको कक्षा १० का पाठ्यक्रममा आधारित हुनेछ । हरेक विषयका कक्षाहरु विहान ६ः३० देखि ९ः३० बजेसम्म प्रसारण हुनेछन् । लोडसेडिङ्गलाई मध्यनजर गरेर कक्षाहरुलाई दिउँसो र राति नियमित पूनप्रसारण हुने कम्पनीले जानकारी दिएको छ ।

अघिल्ला शैक्षिक सत्रहरुमा पनि डिशहोमले यस्ता कार्यक्रम सञ्चालन गरेको थियो । त्यसबाट कक्षा सञ्चालनमा थप प्रोत्साहन मिलेको डिशहोमका नायब महाप्रबन्धक कल्याण अधिकारीले बताए ।

भूकम्प तथा तराइ बन्दक कारण पढाइ प्रभावित भएका बेला दुर शिक्षाले विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL