काठमाडौं । सरकारले आयकर तथा मुल्य अभिबृद्धि कर तिर्ने समय पुनः एक महिना थप गरेको छ । हिजोको अर्थमन्त्री स्तरिय निर्णय गर्दै उक्त समय थप गरिएको हो ।
निर्णय अनुसार आर्थिक वर्षको आयकर तिर्ने समय पुस मसान्तसम्म रहेको छ । त्यसैगरी चालू आवको मुल्य अभिबृद्धि कर तिर्ने समय पुस २५ गतेसम्मका लागि थप गरेको छ ।
त्यसैगरी, अन्तशुल्क तर्फको साउन, भदौं, असोज र कात्तिकको बिरण तथा कर बुझाउने समय पनि पुस २५ गतेसम्मकै लागि थपिएको छ ।