Logo

नेपाललाई विश्व बैंकद्वारा ७ अर्ब सहयोग घोषणा, शिक्षाको गुणस्तर र श्रम बजारमा दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने

नेपाललाई विश्व बैंकद्वारा ७ अर्ब सहयोग घोषणा, शिक्षाको गुणस्तर र श्रम बजारमा दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने



काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले ६० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब नेपाली रुपैयाँ) सहयोगको घोषणा गरेको छ ।

विश्व बैंकले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको बोर्ड अफ डाइरेक्टरको बैठकले सो रकम अनुमोदन गरेको जानकारी दिएको छ । बैंकले अनलाइन सिकाइमा जोड दिन र विपन्न वर्गका विधार्थीमा शिक्षाको पहुँच पुर्याउन सो सहयोग गरेको उल्लेख गरेको छ ।

बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका निर्देशक फरिस हदाद जर्भोसले भने कोरोना महामारीले दक्ष जनशक्ति निर्माणको आवश्यकतालाई महसुस गराएको बताउदै महामारीका बेला नेपालमा गुणस्तरीय शिक्षाको पहुँचमा सुधार ल्याउन र श्रम बजारमा आवश्यक रहेको दक्ष जनशक्ति निर्माण गर्न यस सहयोगले भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL