Logo

लुम्विनी एक्स्पो २०१५’ पुस ८ गते देखि, मेलाको आकर्षण स्थानीय उत्पादन तथा हस्तकला

लुम्विनी एक्स्पो २०१५’ पुस ८ गते देखि, मेलाको आकर्षण स्थानीय उत्पादन तथा हस्तकला


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘लुम्विनी एक्स्पो २०१५’ आगामी पुस ८ गते देखि आयोजना हुने भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ नाराका साथ बुटवलमा हुने एक्स्पो २१ गते सम्म चल्ने छ ।

मेलाको नेपाल चेम्बर अफ कमर्स र रुपन्देही व्यापार संघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

मेलामा नेपाल, भारत, पाकिस्तान, चीन र बंगलादेशका विभिन्न उत्पादनका ६ सय स्टल रहने आयोजकले जानकारी दिएको छ । मेलामा सेवा मुलक,दैनिक उपभोग्य सामान, घरेलु तथा हस्तकला, बैकल्पिक उर्जा,होटल तथा रेष्टुरेन्ट,कृषि प्रविधिलगायतका स्टल रहने संघका निवर्तमान अध्यक्ष टंकप्रसाद पोखरेलले जानकारी दिए । सहभागी स्टलहरुमध्येबाट फरक फरक उत्कृष्ट बिधा छानी पुरस्कृत गर्ने बताइएको छ ।

मेला स्थलमा प्राविधिक सेवा,इन्टरनेटलगायतको निशुल्क व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ । मेला अवलोकनका लागि प्रवेश शुल्क ४० रुपैयाँ तोकिएको छ ।

त्यस्तै अशक्त ,अपांग तथा विद्यार्थीहरुलाई भने परिचयपत्रका आधारमा ४० रुपैयाँमा टिकट उपलब्ध गराइने बताइएको छ । मेलाको १० लाख दर्शकले अवलोकन गर्ने र ४० करोडको कारोवार हुने आयोजकको अनुमान छ ।

पेट्रोलियम पदार्थको अभावलाई दृष्टिगत गर्दै मेलामा सहभागी हुने व्यवसायीहरुका लागि यातायातको व्यवस्था गर्ने समेत । यातायातका लागि ट्रक तथा वस सेवा समितिसँग सहकार्य गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्