Logo

तत्कालीन सुधारको कार्ययोजना पारित,चीनको सहयोग अरनिको राजमार्गको स्तरोन्नतीमा खर्चिने

तत्कालीन सुधारको कार्ययोजना पारित,चीनको सहयोग अरनिको राजमार्गको स्तरोन्नतीमा खर्चिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले दुई बर्षे तत्कालीन सुधारको कार्ययोजना पारित गरेको छ । बिहीवार बसेको मन्त्रि परिषदको बैठकले सुधारको कार्य योजना पारित गरेको हो । अव आर्थिक विकासका लागि प्राथमिकता निर्धारण गरी काम गर्ने सञ्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए ।

बैठकले ठूला पूर्वाधार आयोजना तथा अनुगमन उच्चस्तरीय समिति पनि गठन गरेको छ । सो समितिमा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, अर्थमन्त्री विष्णु पौडेल, सन्चारमन्त्री शेरधन राई रहेकाछन् ।

बैठकले भूकम्प पीडितका लागि जापान सरकारले दिएको ३३ अर्ब ४४ करोड रुपैयाँ स्वीकार गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी चीनले दिने १४ अर्ब ९४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोग पनि मन्त्रिपरिषद बैठकले स्वीकार गरेको छ ।

रकम चीनसँग जोडिएको अरनिको राजमार्गको स्तरोन्नती गर्न तथा अरनिको राजमार्गसँग जोडिएका अन्य सडकमार्गको पूर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL