काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ । प्रधानमन्त्री ओलीले ७ मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन् ।
उक्त स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीले पाउने भएका छन् भने संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी नैनकला थापाले पाउने भएकी छिन् । यसैगरी ओली सरकारले माधव झलनाथ खेमाका गणेश पहाडीलाई ओफ्नो क्याम्पमा ल्याएर सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएका छन् ।
यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा राजकिशोर यादव हुने भएका छन् । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने भएको छ ।
१. खगराज अधिकारी, गृहमन्त्री
२. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
३. नारदमुनी राना, वनमन्त्री
४. नैनकला थापा, सन्चारमन्त्री
५. ज्वालाकुमारी साह, कृषिमन्त्री
६. . राजकिशोर यादव, उद्योगमन्त्री
७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री
८. आशा विक, वनराज्यमन्त्री