Logo

ओबामाले बुझ्छन् विश्वमा सवैभन्दा बढी तलव, मोदी ११ औं नम्बरमा

ओबामाले बुझ्छन् विश्वमा सवैभन्दा बढी तलव, मोदी ११ औं नम्बरमा


बिजखबर संवाददाता
0
Shares

विश्वका शक्तिशाली राष्ट्रपति तथा प्रधानमन्त्रीले बार्षिक कति तलव लिन्छन् होला ? यही ज्ञिजासा मेटाउन हालै विश्वको नेताहरुको तलवको बारेमा एक सर्भे सार्वजनिक गरिएको छ ।

सो सर्भेका अनुसार विश्वकै शक्तिाशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा सवैभन्दा बढी तलव बुझ्ने गरेका छन् । सो रिपोर्टका अनुसार ओबामाले बर्षमा ४ लाख डलर तलव लिन्छन् । उनी विश्वको शक्तिशाली नेताका साथै सवैभन्दा बढी तलव खाने नेतामा पनि परेका छन् । अमेरिकामा २००१ मा जर्ज डब्लु बुस राष्ट्रपति हुँदाको भन्दा ओबामाको तलव दोव्वर हुन आउछ ।

त्यस्तै क्यानडाका स्टेपलन हार्परले बार्षिक २ लाख ६० हजार डलर तलव पाउछन् । तेस्रो स्थानमा जर्मनीकी चान्सलर एन्जिला मेरकेलले २ लाख ३४ हजार ४ सय डलर बार्षिक तलव बुझ्ने गरेकी छिन् ।

त्यस्तै साउथ अफ्रिकाका ज्याकोव जुमा विश्वमा धेरै तलव बुझ्ने नेताको सूचिमा चोथो नम्बरमा परेका छन् । उने बार्षिक २ लाख २३ हजार ५ सय डलर तलव बझ्ने गरेका छन् । त्यस्तै युनाइटेड किङडमका डेभिड क्यामरोन २ लाख १४ हजार ८ सय डलर र जापानका सिन्जो अवि २ लाख २ हजार ७ सय डलर तलव बुझ्ने सो सर्भेले देखाएको छ । त्यसैगरी प्राmन्सका फ्रान्सोइस ह्ल्यान्डी ले १ लाख ९४ हजार ३ सय । उनी सूचीको ७ औं नम्बरमा परेका छन् ।

रसियाका भ्लादिमिर पुटिन १ लाख ३६ हजार तलव बुझ्ने गरेका छन् । इटालीका मेत्तेइओ रेन्जि १ लाख २४ हजार ६ सय डलर र व्रालिककी डिलमा रउससेफ १ लाख २० हजार तवल सहित १० औं स्थनमा परेकि छिन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ३० हजार ३ सय अमेरिकाी डलर तलवका साथ सूचिको ११औं नम्वरमा परेका छन् । यता विश्वको दोश्रो शक्तिाशाली देश चीनका सि जिङपिङ २२ हजार अमेरिकन डलर तलव बुझ्ने गरेका छन् । एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL