Logo

प्रेसपास र ब्लुबुक जाँचेपछि मात्र पत्रकारलाई पेट्रोल, नविकरण भएको ब्लुबुक अनिवार्य

प्रेसपास र ब्लुबुक जाँचेपछि मात्र पत्रकारलाई पेट्रोल, नविकरण भएको ब्लुबुक अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पत्रकारलाई मात्रै छुट्टै पेट्रोल उपलब्ध गराउँदै आएको नेपाल आयल निगमले अवदेखि वितरण प्रणाली थप व्यवस्थित गर्ने भएको छ । यस अघि सुचना विभागबाट प्राप्त प्रेसपासका आधारमा पत्रकारलाई पेट्रोल उपलब्ध गराइँदै आएकोमा अवदेखि ब्लुबुक समेत अनिवार्य गरेको छ । ‘नविकरण गरिएको ब्लुबुक र प्रेसपास जाँच गरेर मात्रै पेट्रोल वितरण गरिने छ,’ नेशनल ट्रेडिङका उपत्यका विक्री वितरण प्रमुख श्याम श्रेष्ठले भने, ‘उक्त कागजात लिएर सम्बन्धित व्यक्ति नै उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।’

यस अघि ब्लुबुक जाँच नगर्दा सुचना विभागको प्रेसपास अरु नै व्यक्तिले लिएल पेट्रोल भर्ने गरेको गुनासो आएपछि नयाँ व्यवस्था गरिएको उनले जानकारी दिए । नेपाल आयल निगमले प्रत्येक शुक्रबार पत्रकारलाई पेट्रोल उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL