Logo

अस्पतालले कोरोना उपचारमा बढी शुल्क लिएसँगै सरकारले थाल्यो अनुगमन, प्रति विरामी दैनिक ५२५० देखि २२५०० सम्म लिन पाउने

अस्पतालले कोरोना उपचारमा बढी शुल्क लिएसँगै सरकारले थाल्यो अनुगमन, प्रति विरामी दैनिक ५२५० देखि २२५०० सम्म लिन पाउने



काठमाडौं । सरकारले कोरोना उपचारमा लाग्ने दैनिक अधिकतम शुल्क निर्धारण गरेको हो । पछिल्लो समय अस्पतालले कोराना विरामीको उपचार शुल्क वापत दैनिक लाखौ रुपैयाँ लिएको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गर्दै शुल्क निर्धारण तथा अनुगमन शुरु गरेको हो ।

मन्त्रालय अन्तरगतको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन इकाईले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुगमनको लागि पत्र काट्दै कोरोना संक्रमितको अवस्था अनुसार उपचारमा लाग्ने खर्च निर्धारण गरेको हो । स्वास्थ्य मन्त्रालयले आज मन्त्रिस्तरीय निर्णय गर्दै कोरोना संक्रमितहरुको उपचारको दैनिक शुल्क सामान्यको ३ हजार ५ सय, मध्यमको ७ हजार र उच्च संक्रमितको १५ हजार शुल्क निर्धारण गरिएको र कुनै विरामीले आफुखुशी उपचार गरेरमा उक्त शुल्कमा बढीमा ५० प्रतिशत थप गरी शुल्क लिन निर्देशन दिएको छ ।

साथै सरकारी अस्पताल र मन्त्रालयले सम्झौता गरेका अस्पतालहरुमा निशुल्क उपचार हुने र अन्य अस्पतालले पनि तोकिएभन्दा बढी शुल्क लिएका अनुगमन गरी कारबाही गर्न वाणिज्यलाई पत्र काटेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL