Logo

नवनियुक्त स्वास्थ्य मन्त्री भन्छन : हरेक दिन मेरो लागि अन्तिम दिन हो, पारदर्शी काम गर्छु

नवनियुक्त स्वास्थ्य मन्त्री भन्छन : हरेक दिन मेरो लागि अन्तिम दिन हो, पारदर्शी काम गर्छु



काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्ती शेरबहादुर तामाङले मन्त्रालयको जिम्मा लिएपछि प्रत्येक दिनलाई अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन् । उनले मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै कोरोना विरुद्ध लड्न प्रत्येक दिनलाई आफ्नो अन्तिम कार्यदिन सम्झेर काम गर्ने बताएका हुन् । जेसुकै काम गर्दा हरेक दिनलाई अन्तिम दिन सम्झेर गुणस्तरिय र पारदर्शी काम गर्नै बताएका हुन् ।

उनले आफ्नो कार्यकाल जति भएपनि प्रत्येक दिन निष्पक्ष, पारदर्शी र सबल रुपमा कार्यकाल पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जसका लागि उनले आफ्नो सम्पत्ति सार्वजनिक समेत गरेका छन् । यस्तै उनले कोरोना नियन्त्रण नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL