Logo

मंगलबारदेखि काठमाडौंमा ६० देखि ६४ बर्षका वृद्धवृद्धालाई चिनियाँ खोप लगाईने, उमेर खुल्ने कागजात ल्याउन आग्रह

मंगलबारदेखि काठमाडौंमा ६० देखि ६४ बर्षका वृद्धवृद्धालाई चिनियाँ खोप लगाईने, उमेर खुल्ने कागजात ल्याउन आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि ६० देखि ६४ बर्ष उमेर समुहका वृद्धवृद्धालाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । कामपाले सोमबार एक सूचना जारी गर्दै चिनियाँ खोप भेरोसेल लगाउने बताएको हो ।

महानगरपालिकाले विभिन्न वडामा आगामी शुक्रबार अर्थात जेठ २९ गतेसम्म खोप लगाउने जानकारी दिएको छ । जसका लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ ।

महानगरपालिकाले उक्त खोप लगाउनका लागि भन्दै तोकिएको समयमा सरकारी परिचयपत्र खुल्ने कागजात ल्याएर आउन आग्रह गरेको छ । यस्तै सरकारी कागजात नभएकाले वडा कार्यालयबाट उमेर खुल्ने सिफारिस ल्याएर आउन आग्रह गरेको छ ।

यस्तो छ सूचना :

No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्