Logo

भारतीय खोप आउने निश्चित नभएपछि दोस्रो डोज एस्ट्राजेनेकाको खोप लगाईने

भारतीय खोप आउने निश्चित नभएपछि दोस्रो डोज एस्ट्राजेनेकाको खोप लगाईने



काठमाडौं । सरकारले कोरोना विरुद्धको दोस्रो डोज खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार एक सूचना जारी गर्दै कोरोना विरुद्धको खोप कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेका व्यक्तिलाई एस्ट्रेजेनेकाको खोप दिइने जानकारी दिएको हो । गत फाल्गुन २३ गते देखि चैत्र १० गते सम्म कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई दोश्रो मात्रा एस्ट्रेजेनेकाको खोप लगाउने निर्णय भएको हो ।

सिरम इन्स्टिीयुट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैले कोभिशिल्ड उपलव्ध गराउन नसक्ने बताएकाले उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्रेजेनेका खोप दिन लागिएको मन्त्रालयले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्