Logo

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले भन्यो-‘तत्काल १० हजार खोप उपलब्ध नभए पेट्रोलियम कारोबार बन्द’

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले भन्यो-‘तत्काल १० हजार खोप उपलब्ध नभए पेट्रोलियम कारोबार बन्द’



काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले माग अनुसारको खोप शीघ्र उपलब्ध गराईदिन लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको छ ।

एक विज्ञप्ति निकाल्दे कोरोना महामारीले विश्व आक्रान्त बनेको बेलामा पनि अत्यावश्यक सेवालाई सुचारु गर्न अग्रपंक्तिमा रही कार्य गर्ने पेट्रोलियम व्यवासयीहरुलाई शिघ्रा खोप उपलब्ध गराउन माग गरेको हो ।

विभिन्न मितिमा खोप माग गर्दा पनि उपलब्ध हुन नसक्दा व्यवसाय नियमित रुपमा संचालन गर्न कठिनाई भएको एशोसिएशनले जनाएको छ । एशोसिएशनले नेपाल आयल निगम र सम्वन्धित बाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत खोप उपलब्ध गराउनका लागि गत फागुन ७ गते, वैशाख १७ र जेठ १३ गते लगातार पत्रचार गरेको र विभिन्न प्रदेशअन्तर्गत संचालनमा रहेका पेट्रोल पम्पहरुको संचालक, कर्मचारी तथा फर्ममा रहेका टैंकलरीहरुका चालकरसहचालकहरु समेतको विवरण उल्लेख गरी खोप माग गरिएको र वाणिज्य मन्त्रालयले सोही अनुसार विवरण सहित स्वास्थ्य मन्त्रालयमा पठाईसकेपनि हालसम्म यस क्षेत्रलाई खोप उपलब्ध हुन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

एशोसिएशनले १० हजार ३४६ कोभिड खोपको आवश्यक रहेको जनाएको छ । खोप उलब्ध हुन नसक्ने हो भने पेट्रोलियम कारोबार खुल्ला गर्न नसकिने अवस्था रहेको विज्ञप्ति मार्फत बताइएको छ ।

दिनानुदिन यस क्षेत्रमा कोरोना संक्रमित बढिरहेकाले जुनसुकै समयमा कारोबार बन्द हुन सक्ने भएकाले माग अनुसारको खोप उपलब्ध गराउनका लागि अनुरोध गरेको छ ।

पेट्रोलियमको कारोबार क्षेत्रमा कोरोनाका कारण हालसम्म देशभर ११ जनाले ज्यान गुमाएका छन् । करिब १ हजार २सय संक्रमित र संक्रिय संक्रमितको संख्या १६८ रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL