Logo

नेपालमा कोरोना : ५,०४२ कोरोना संक्रमित थपिए, ८२४३ निको भए, ६८ जनाको मृत्यु

नेपालमा कोरोना : ५,०४२ कोरोना संक्रमित थपिए, ८२४३ निको भए, ६८ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ५,०४२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १६,८१४ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो। तीमध्ये ५,३४३ एन्टिजन परीक्षण हो जसबाट १,५०२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

यस्तै आज ८ हजार २ सय ४३ जना संक्रमित निको भएका छन् भने पछिल्लो २४ घण्टामा संक्रमणका कारण निधन हुनेको संख्या ६८ छ।

नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ८५ हजारभन्दा बढी पुगेको छ। कुल सङ्क्रमितमध्ये ३९ प्रतिशत महिला हुन्।

कुल सङ्क्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने १।६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म कुल ७,७९९ जनाको मृत्यु भइसकेको छ।

आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै उपत्यकाका छन्। काठमाडौंमा ७२३, ललितपुरमा १४१ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन।

प्रतिक्रिया दिनुहोस्
MBL