Logo

खोप सहयोग गर्न प्रधानमन्त्री ओलीद्वारा बेलायतलाई आग्रह, नेपाली गोर्खा सैनिकहरूको योगदान सम्झोर सहयोग गर्न अनुरोध

खोप सहयोग गर्न प्रधानमन्त्री ओलीद्वारा बेलायतलाई आग्रह, नेपाली गोर्खा सैनिकहरूको योगदान सम्झोर सहयोग गर्न अनुरोध



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप सहयोग गरिदिनका लागि बेलायतसँग आग्रह गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग प्रधानमन्त्री ओलीले नेपालमा खोप अत्यावश्यक भएको भन्दै सहयोग गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका छन् ।

सो कुराकानीको अवसरमा प्रम ओलीले भने ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई नेपालको अवस्थाबारे जानकारी गराउँदछु कि हामी कसरी महामारीका कारण दुःख पाइरहेका छौँ । यसका लागि केही गरिदिन आग्रह गर्दछु ।’

नेपाली गोर्खा सैनिकहरूले बेलायतका लागि गरेको त्याग र सेवा सम्झेर पनि अहिले नेपाल अप्ठेरो अवस्थामा रहेकाले सहयोग गर्नुपर्ने उनले बताए । पछिल्लो समय नेपाल कोरोना भाइरसको उच्च चपेटामा रहेको छ । यसैक्रममा चीनले १० लाख डोज खोप थप अनुदानमा दिइसकेको छ भने अमेरिकाले चाँडै खोप उपलब्ध गराउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL