Logo

एमालेका ४ जना बाहेक सबै मन्त्री परिवर्तन, जसपाबाट मन्त्रिपरिषदमा १० जना समावेश

एमालेका ४ जना बाहेक सबै मन्त्री परिवर्तन, जसपाबाट मन्त्रिपरिषदमा १० जना समावेश



काठमाडौं । जनता समाजवादी पार्टी सरकारमा गएसँगै ८ जना नयाँ मन्त्रीको टुंगो लागेको छ । महन्थ ठाकुर पक्षले सरकारमा जानेगरी समिकरण मिलाएसँगै नयाँ मन्त्रीहरु आजै शपथग्रहण गर्ने भएका हुन् । जसमा जसपाका राजेन्द्र महतोलाई उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मा दिईएको छ भने शरतसिंह भण्डारीलाई उर्जा मन्त्रालयको जिम्मा दिईएको छ ।

साथै खानेपानी मन्त्रालयमा अनिल झा, श्रम मन्त्रालयमा विमल श्रीवास्त र वन मन्त्रालयमा उमाशंकर अरगरियालाई जिम्मा दिईएको छ । नयाँ मन्त्रिपरिषद गठनमा वर्तमान अवस्थामा रहेका ४ जना मन्त्रीवाहेक सबै मन्त्रीहरु फेरिने भएका हुन् ।

हाल नफेरिने मन्त्रीहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका हुन् । नयाँ मन्त्रिपरिषदमा जसपाका १० जना थपिएका छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले निम्न व्यक्तिहरुलाई विभिन्न पदमा नियुक्त गरेका छन् ।

१ राजेन्द्र महतो( उपप्रधान मन्त्री तथा शहरी विकास
२ शरत सिहं भण्डारी ( उर्जा
३ अनिल झा( खानेपानी
४ बिमल श्रीवास्तव( श्रम
५ उमाशंकर अरगरिया( वन
६ लक्ष्मण लाल कर्ण( भुमिसुधार
७ चन्दा चौधरी ( महिला
८ एकबाल मियाँ( युवा
९ चन्द्रकान्त चौधरी ( राज्य मन्त्री उर्जा
१० रेणुका गुरुङ ( राज्य मन्त्री महिला
एमालेका
१ विष्णुप्रसाद पौडल( अर्थ तथा उपप्रधानमन्त्री
२ रघुविर महासेठ( परराष्ट्रमन्त्री
३ शेर बहादुर तामाङ( सवास्थमन्त्री

प्रतिक्रिया दिनुहोस्
MBL