Logo

कोरोनाको तेस्रो र चौथो लहरले बालबालिकालाई बढि असर, सबै अस्पताललाई २० प्रतिशत वेड तयारी राख्न मन्त्रालयकाे निर्देशन

कोरोनाको तेस्रो र चौथो लहरले बालबालिकालाई बढि असर, सबै अस्पताललाई २० प्रतिशत वेड तयारी राख्न मन्त्रालयकाे निर्देशन



काठमाडौं । सरकारले कोभिड महमारीको तेस्रो र चौथो लहर फैलिईरहेको चेतावनी दिएको छ । यसले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न निर्देशन समेत दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

विज्ञप्तिमा अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL