Logo

वास्तविक उपभोक्ताले छुट नपाउने साल्ट ट्रेडिङ र खाद्य संस्थानको अफर, पुहँचवालालाई छुट राज्यलाई आर्थिक भार मात्रै

वास्तविक उपभोक्ताले छुट नपाउने साल्ट ट्रेडिङ र खाद्य संस्थानको अफर, पुहँचवालालाई छुट राज्यलाई आर्थिक भार मात्रै



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७८र७९को बजेट वक्तव्यमार्फत सरकारी विक्री केन्द्रबाट आवश्यक वस्तुहरु २० प्रतिशत छुटमा वितरण गर्ने घोषणा गरेको छ । सोहीअनुसार शुक्रबार देखि नै खाद्य संस्थान र साल्ट ट्रेडिङले यो घोषणाको कार्यान्वयन सुरु गरेका छन् ।

तर त्यस्तो छुट निशेधाज्ञा भरी मात्र दिईने भएकाले यसको पहुँच वास्तविक सर्वसाधारण उपभोक्तामाझ नपुग्ने देखिएको छ । बजेटबाट आएको उक्त व्यवस्था कार्यान्वयनका लागि साल्ट ट्रेडिङ र खाद्य संस्थानले काम थालिसकेका छन् । उनीहरुले निषेधाज्ञाभर पिठो, खाने तेल, खाना पकाउने ग्याँस, चिनीलगायतमा बजेटमा भएको व्यवस्था अनुसार नै २० प्रतिशत छुट दिँदै सामान विक्री गर्न थालेका छन् । तर निषेधाज्ञाको समयमा कार्यान्वनयमा ल्याउँदा वास्तविक लाभान्वित वर्ग त्यसको पहुँचमै पुग्न नसक्ने र जुन बर्गलाई छुट चाहिदैन उसले मात्रै उपभोग गर्ने अवस्था रहेका सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

राज्यले आफना नागरिकलाई कोरोना पछिको लकडाउनको समयमा राहत स्वपरुव उक्त प्याकेजको घोषणा गरेपछि वास्तविक लाभान्वित बर्ग भने त्यसको पहुँचमा नपुग्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । कोरोनाका कारण नागरिकहरु घरभित्रै थुनिएर बस्न बाध्य भएका छन् भने आफ्ना सवारीसाधन भएका पहुँचवालाहरु मात्रै पास देखाएर हिडिरहेका छन् । तर निषेधाज्ञा जारी नै राखेर यसरी छुटको सामान उपलब्ध गराउँदा तिनै हुनेखाने बर्ग अर्थात पहुँचवालाले सस्तोमा छुटको सामान पाउने र वास्तविक लाभान्वित बर्ग भने कोठाभित्रै थुनिएर बस्नुपर्ने बाध्यता देखिएको छ ।

यसरी निषेधाज्ञाको समयमा यस्तो अत्यावश्यक वस्तु उपलब्ध गराउँदा वास्तविक लाभान्वित बर्गले त्यस्तो सुविधा नपाउने तर राज्यलाई भने आर्थिक ठूलो भार पर्ने देखिन्छ । राज्यको नीति अनुरुप प्रत्येक बस्तुमा २० प्रतिशत छुट दिँदा खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ११ सय २० रुपैयाँ, पिठो प्रतिकिलो ४४ रुपैयाँ, चिनी प्रतिकिलो ६३ रुपैयाँलगायत पुगेको छ । यसरी बजारमूल्य भन्दा कम मूल्यमा वस्तु बेच्दा राज्यलाई भने प्रत्येक किलोमा नै भार पर्ने देखिन्छ ।

यसरी निशेधाज्ञाभर प्रत्येक दिन छुटमा अत्यावश्यक बस्तु छुटसहित बेच्दा दैनिक लगभग १० रुपैयाँभन्दा बढीको आर्थिक भार पर्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् । उदाहरणका लागि दिनमा १ सय बढि सिलिण्डर खाना पकाउने ग्याँस विक्री गरे मात्रै पनि प्रतिदिन ३५ हजार ५ सय बढिको भार पर्ने देखिन्छ । यस्तै अन्य वस्तुमा पनि सोहीअनुसार भार पर्ने साल्ट ट्रेडिङले जानकारी दिएको छ ।

सरकारले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकहरुलाई ध्यानमा राख्दै यस्तो सुविधा उपलब्ध गराएको हो । जसका लागि लाभग्राही नागरिकले खाना पकाउने ग्याँस लिनका लाग एसटीसीकै खाली ग्याँस लिनुपर्ने र साल्ट ट्रेडिङ र खाद्य संस्थानको विक्री केन्द्रमै पुग्नुपर्ने बताईएको छ । यस्तो अवस्थामा आफ्ना गाडि हुने पहुँचवालाहरु वा व्यापारीहरु सम्बन्धित संस्थानमा पुगेर ठूलो परिमाणमा सामान ल्याएर थुपार्ने र छुट चाहिने उपभोक्ता भने तिने व्यापारीले छुटमा ल्याएको सामान महङ्गोमा किनेर खानुपर्ने बाध्यता हुने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

हाल यसका लागि काठमाडौंको थापाथली, रामशाहपथ, ललितपुरको विक्री केन्द्र र भक्तपुरको सुर्यविनायकमा विक्री केन्द्र तोकिएको छ । यस्तै काठमाडौं उपत्यका बाहिर भने संस्थाका प्रत्येक विक्री केन्द्रलाई छुटसहितका सामग्री लिन पाउनेगरै तोकिएको छ ।

यता नागरिकहरुलाई भने कोरोना महामारीका कारण जारी गरिएको निशेधाज्ञाका कारण बाहिर ननिस्कन भनिएको छ । तर यस्तो निशेधाज्ञाकै बेलामा छुटको सामान पाईने स्थान टाढा तोकिँदा नागरिकहरु मर्कामा पर्ने देखिन्छ । यस्तै ग्याँस साट्न सरकारी ग्याँसबाहेक अन्य नपाईने भएपछि पनि अर्को मर्का थपिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL