Logo

रसुवागढीमा सुख्खाबन्दरगा बनाउन प्रक्रिया अघि बढ्यो, ३ सय कन्टेनर अट्ने

रसुवागढीमा सुख्खाबन्दरगा बनाउन प्रक्रिया अघि बढ्यो, ३ सय कन्टेनर अट्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रसुवागढी नाका क्षेत्रमा सुख्खा बन्दरगाहा बनाउने प्रक्रिया अगाडि बढेको छ । नेपाल–चीनबीचको व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने गरी उक्त बन्दरगाह निर्माण गर्न लागिएको हो । उक्त बन्दरगाह बनेसँगै नेपाल–चीनबीच व्यापार गर्न सहज हुने छ ।

रसुवा गढी नाकामा चीन सरकारले सुख्खा बन्दरगाह बनाइदिने सम्झौता गरिसकेकोले उक्त प्रक्रिया अघि बढाइएको नेपाल इन्टरमोडल यातायात विकास समितिका प्रबन्धक हेमेन्द्र मोहनले बताए । साथै, टिमुरे गाविसमा नक्साङकन गर्ने कार्य समेत सम्पन भइसकेको उनले जानकारी दिए ।

उनका अनुसार सुख्खा बन्दरगाहाले स्थानीय वासिन्दाको ५८ रोपनी, लाङ्टाङ राष्ट्रिय निकुञ्जको ५ हेक्टर र विभिन्न सरकारी स्वामित्वमा रहेको १ सय ९ रोपनीको क्षेत्रफल जग्गा ओगट्ने भएको छ । सरकराले जग्गा अधिग्रहणको लागि निजी जग्गाधनीलाई समेत जानकारी गराइसकेको छ । उक्त बन्दरगाहमा ३ सय मालवाहक ट्रक पार्किङ गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL