Logo

शुक्रबारदेखि यी बस्तु पाईनेछन २० प्रतिशत छुटमा, कहाँबाट लिने ?

शुक्रबारदेखि यी बस्तु पाईनेछन २० प्रतिशत छुटमा, कहाँबाट लिने ?



काठमाडौं । सरकारले शुक्रबार देखि लागु हुनेगरी विभिन्न खाद्यवस्तुहरु २० प्रतिशत छुटमा उपलब्ध गराउने भएको छ । आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा समेटिए अनुरुप सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट खाद्य वस्तुहरु २० प्रतिशत छुटमा दिने भएको हो । कम्पनीका अनुसार हाल चामल, खाने तेल, कर्णालीको सिमी, नुन, चिनी, खाना पकाउने ग्याँसलगायत वितरण गर्न लागेको हो ।

जसमा चामल अधिकतम ३० किलो, सिमी अधिकतम २ किलो मात्रै उपलब्ध गराईने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार छुटका वस्तुहरु कम्पनीको कार्यालय थापाथली, रामशाहपथ, ललितपुरको नक्खु गोदाम र भक्तपुरको सुर्यविनायकस्थित विक्री केन्द्रमा उपलब्ध हुने बताईएको छ । यस्तै उपत्यका बाहिर भने कम्पनीका कार्यालयहरुमा पाईने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL