Logo

कोरोना महामारीका कारण विश्वमा बेरोजगारी भयावह, सन् २०२२ सम्ममा २० करोड ५० लाख मानिस बेरोजगार हुने

कोरोना महामारीका कारण विश्वमा बेरोजगारी भयावह, सन् २०२२ सम्ममा २० करोड ५० लाख मानिस बेरोजगार हुने



काठमाडौं । कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बुधवार एक प्रतिवेदन प्रकाशन गर्दै कोभिड महामारीका कारण रोजगारीमा पर्ने असरको विस्तृत विवरण प्रस्तुत गरेको छ ।

सो प्रतिबेदनमा कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ ।

यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्यांकले जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताए ।

यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने बताए । कुल १६४ पृष्ठ लामो ुविश्व रोजगार तथा सामाजिक परिदृश्य ः प्रवृत्ति २०२१ु नामक प्रतिवेदनका अनुसार, ठोस नीतिगत प्रयासको अभावमा महामारीले अप्रत्याशित विनाश मच्चाएको छ । यसको असर कैयौं वर्षसम्म रहनेछ । रोजगारी र काम गर्ने समयमा कमीका कारण बेरोजगारी संकट थप गहिरो बन्नेछ ।

महामारीको संकट नआएको भए संसारमा ३० करोड नयाँ जागिर सन् २०२० मा नै सिर्जना हुने थियो भनी प्रतिवेदनले औंल्याएको छ । संयुक्त राष्ट्रसंघले यसअघि कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL