Logo

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो लाग्यो

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उकालो लाग्यो



काठमाडौं । बिहीबार नेपालमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढ्दै प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार नेपालमा सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय पुगेको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । बुधबार प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदी बिहीबार बढ्दा प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्