Logo

सवाँ २ लाख मोटरसाइकल तथा स्कुटर पेट्रोल हाल्नबाट बञ्चित

सवाँ २ लाख मोटरसाइकल तथा स्कुटर पेट्रोल हाल्नबाट बञ्चित


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । सरकारले पेट्रोल हाल्नका लागि ब्लुबुल नविकरण अनिवार्य गरेपछि एक तिहाइभन्दा बढी मोटरसाइकल तथा स्कुटर तेल हाल्नबाट बञ्चित हुने देखिएको छ । हाल सवा २ लाखभन्दा बढी मोटरसाइकल तथा स्कुटले नविकरण नगराएका यातायात कार्यालय बागमतीले जानकारी दिएको छ ।

हाल वागमती अञ्चलमा ७ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर दर्ता भएका छन् । ती मध्ये ३० प्रतिशतभन्दा बढीले ब्लुबुक नै नविकरण नगराएका वागमती अञ्चल यातायात कार्यालय मोटरसाइकल शाखाका प्रमुख इश्वरीराज दाहालले बताए । ‘हामीसँग कति मोटरसाइकल तथा स्कुटले नविकरण गराए भन्ने ठ्याक्कै तथ्याङक त छैन,’ उनले भने, ‘तर, धेरैजसोले नविकरण नगराइकनै चलाएका छन् ।’ कतिपय मोटरसाइकलले नामसारी गराउने तथा बेच्ने वेलामा मात्र नविकरण गराउने गरेको समेत उनले जानकारी दिए ।

दुइपाङ्ग्रै सवारीसाधनले नविकरण नगराएकै कारण राजस्व उठौतीमा पनि कमी आएको छ । मोटरसाइकल तथा स्कुटर नविकरण गराउँदा इञ्जिन क्षमता अनुसार ३ हजार रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म राजस्व बुझाउनु पर्छ । यदि सवै दुइपाङ्ग्रे सवारीसाधनले नविकरण गराउने हो भने बागमतीबाट मात्रै वार्षिक झण्डै ३ अर्व रुपैयाँ राजस्व उठ्छ । तर, हाल सो वापत डेढ अर्व रुपैयाँपनि राजस्व संकलन नभएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

सरकारले पेट्रोल हाल्नका लागि अनिवार्य नविकरणको व्यवस्था गरेपछि पछिल्ला २ दिनमा एकदमै भीड बढेको दाहालले जानकारी दिए । ‘अघिपछि दैनिक २/३ सय जना नविकरणका लागि आउथे तर सोमबार र मंगलबार मात्रै झण्डै ६ हजार जनाले नविकरण गराएका छन्,’ उनले भने, ‘सरकारले ल्याएको नयाँ व्यवस्थाले सवै मोटरसाइकल नविकरण हुनुका साथै राजस्व उठौती उल्लेख्य रुपमा बढ्ने भएको छ ।’

दाहालका अनुसार नयाँ व्यवस्था लागूभएपछि मोटरसाइकल धनी नविकरणका लागि आएपनि तत्काल सवै सवारीसाधन नविकरण सम्भव छैन । छिटो नविरकण गर्नका लागि कार्यालयमा सोही अनुरुपमा पूर्वाधार तथा जनशक्ति छैन । जसले गर्दा नविकरण नगरिएका धेरै मोटरसाइकल तथा स्कुटर पेट्रोल हाल्नबाट बञ्चित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL