Logo

बजेटमा ढुंगा–बालुवा निकासीसम्बन्धी भएको व्यवस्थाप्रति अर्थ मन्त्रालयको स्पष्टीकरण : चुरे क्षेत्रको दोहन हुन दिदैनौं, निकासी रोक्दैनौं (विज्ञप्तिसहित)

बजेटमा ढुंगा–बालुवा निकासीसम्बन्धी भएको व्यवस्थाप्रति अर्थ मन्त्रालयको स्पष्टीकरण : चुरे क्षेत्रको दोहन हुन दिदैनौं, निकासी रोक्दैनौं (विज्ञप्तिसहित)



काठमाडौँ । अर्थ मन्त्रालयले बजेटमा व्यवस्था गरिएको खानीजन्य ढुंगा, गिट्टी, वालुवा निकासी गरी व्यापार घाटा कम गर्ने प्रावधान प्रति स्पष्टिकरण दिएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस विषयमा हाल व्यक्त भएका धारणाहरु प्रति ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

मन्त्रालयले नेपाल सरकार चुरे क्षेत्रको संरक्षण गर्न र सम्बर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव दिन सचेत रहेको बताएको छ ।

मन्त्रालयले बजेटमा खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन बमोजिम चुरे, भावर, शिवालिक र नदी प्रणाली बाहेकका उपयुक्त क्षेत्रको खानी उत्खनन गर्ने नीतिगत दृष्टिकोण प्रस्तुत गरिएको बताएको छ ।

मन्त्रालयले चुरे क्षेत्रमा ढुंगा, गिटी, बालुवा लगायत निर्माण सामाग्री दोहन हुन नदिने प्रस्तुत नीतिको मूल मर्म रहेको बताएको छ ।

मन्त्रालयको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्
MBL