Logo

विद्युत आपुर्तिमा समस्या, प्राधिकरणले भन्यो, ‘आलोपालो गरेर खाना पकाउ’

विद्युत आपुर्तिमा समस्या, प्राधिकरणले भन्यो, ‘आलोपालो गरेर खाना पकाउ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खाना पकाउने समयमा विद्युत लोड बढी हुँदा आपूर्तिमा समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरणले सजकता अपनाउन आग्रह गरेको छ । विहान बेलुकीको समयमा उक्त समस्या देखिएकोले राइस कुकर तथा इन्डकसन हिटरमा खाना पकाउदा आलोपालो गर्न अनुरोध गरेको छ । प्राधिकरणले विज्ञप्ती जारी गर्दै विहान ६ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ९ बजेसम्म उक्त सावधानी अपनाउन आग्रह गरेको छ ।

‘ग्याँस तथा मट्टीतेलको अभावका कारण राइस कुकर तथा इन्डक्सन चुलोमा खाना पकाउले काम भइरहेको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘जसले गर्दा ट्रान्फरमर तथा कन्डक्टर जल्ने क्रम बढ्नुका साथै मुख्य फिडर नै बिग्रन थालेका छन् ।’ प्राधिकरणले कम क्षमताका हिटर, इन्डक्सन चुलो, राइसकुकर तथा अन्य उपकरण प्रयोग गर्न आग्रह गरेको छ ।

त्यसैगरी, घरमा माइक्रोओभव, आइरन, पानीतान्ने पम्प, फ्रिजलगायतमा बढी बिजुली खपत गर्ने उपकरण एकैपटक प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

nea

प्रतिक्रिया दिनुहोस्