Logo

पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि, १०९ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४ हजार ५ सय २४ र ३ हजार ७३ एन्टिजेन परीक्षणबाट ७ सय ९२ गरि कुल ५ हजार ३ सय १६ जनामा कोरोना सक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय १ जनाको संक्रमणकै कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ५ सय ४६ जना पुगेका छन्।

यस्तै आज थप ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्। यस्तै १ लाख १ हजार ९ सय ९३ जना कोरोना संक्रमित उपचाररत छन्।

प्रतिक्रिया दिनुहोस्